ताजा समाचार

कृष्ण महरा चिया पिउँदै गर्दा प्रतिस्पर्धी कांग्रेस उम्मेद्वार राजु खनाल पुगेपछि  

दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ निकै चर्चामा छ । बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महरा र नेपाली कांग्रेसका राजु खनालको प्रतिष्पर्धाले चर्चामा रहेको हो । बाम गठबन्धनका शंकर पोख्रेल उठ्ने भनेपछि अन्तिम समयमा पोख्रेललाई प्रदेशसभा २ दिएर महरा प्रतिनिधिसभाका उम्मेदवार बने । उनको प्रतिपर्धा कांग्रेसका नेता राजु खनालसँग छ ।

विहान साढे ८ बजे मतगणना सुरु हुँदा नै शंकर पोख्रेल र महरा गणनास्थलको बाहिर पुगिसकेका थिए । उनीहरुले गफ गर्दै चिया खाए । केहीबेरमा पुगे महराका प्रतिष्पर्धी कांग्रेसका राजु खनाल । भेट हुनेवित्तिकै उनीहरुले गर्लम्मै अँगालो मारे । एकैछिनमा उनीहरुका गफ पनि सुरु भए । महराले भने, ‘भित्र गणना सुरु भैसक्यो, हामी बाहिरै छौं, नतिजा जे आएपनि मिलेर जानुपर्छ है ।’

महराको कुरा सुनेपछि राजु खनालले पनि आफूहरु असल मित्र भएको भन्दै हारजित जे भएपनि मिलेर जानुपर्नेमा जोडदिए । ‘हामी दुवै नेता हौं, भोली पनि चाहिन्छ हारजित जे भएपनि मिलेरै जाने हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org