ताजा समाचार

काठमाडौं १ मा प्रकाशमानको सुरुवाती अग्रता, रविन्द्र मिश्र दोस्रोमा

काठमाडौं, २२ मंसिर । काठमाडौंको सुरुवाती परिणाम सार्वजनिक भएको छ । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको हो । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमान सिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत ल्याएका छन् । दुईवीचको मतान्तर ६६ रहेको छ । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org