ताजा समाचार

भावी प्रधानमन्त्रीका दाबेदार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित

तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेमा नेता पौडेल एमालेका किसानकुमार श्रेष्ठसँग पराजित भएका हुन् । श्रेष्ठले पौडेललाई ६ हजार ४ सय १४ मतान्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र ल्याए । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलसँग करिब ४५ सय मतले पराजित भएका श्रेष्ठले यो पटक बदला लिएका छन् । ७४ बर्षीय पौडेलले आफुलाई भावी प्रधानमन्त्री र पार्टी प्रमुखको दावेदारका रुपमा प्रस्तुत गर्दै आएका थिए । तर, उनको हारसँगै प्रधानमन्त्रीको दाबेदारी अन्त्य भएको छ ।

कांग्रेसको पकड तनहुँ वामको कब्जामाः
२ वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेश क्षेत्र रहेको तनहुँमा कांग्रेस क्लिन स्वीप भएको छ । तनहुँको साविक निर्वाचन क्षेत्र नम्बर ३ बाहेक क्षेत्र १ र २ कांग्रेसले २०४८ सालदेखि लगातार जस्तो जित्दै आएको थियो । तर, यसपटक कांग्रेसले सवै गुमाएको छ ।

क्षेत्र नम्बर २ बाट एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल विजयी भएका छन् । उनले पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीलाई ३२ सयभन्दा बढि मतान्तरमा पराजित गरे । त्यस्तै क्षेत्र नम्बर २ को (क) बाट कांग्रेसका युवा नेता प्रदिप पौडेल माओवादी नेतृ आशा कोइरालासँग ५ मतको झिनो अन्तरले पराजित भए । यद्यपि उनले केही ठाउँको पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् ।

अर्का नेता धुव बाग्ले एमालेका किरण गुरुङसँग पराजित हुँदा बौद्धिक नेताको छवि बनाएका नेता गोविन्द भट्टराई तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र (क) मा एमाले नेता रामबहादुर गुरूङसँग १३ सय ८७ मतले पराजित भए । तनहुँको क्षेत्र नः १ को प्रदेश क्षेत्र (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमानले जित्दा कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल पराजित बने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org