ताजा समाचार

कांग्रेसलाई अर्को झट्काः झापा ३ मा कृष्ण सिटौला राप्रपाका लिङ्देनसँग पराजित

झापा । कांग्रेस नेता कृष्ण सिटौला पनि पराजित भएका छन् । कांग्रेसका शीर्ष तथा प्रभावशाली मानिएका सिटौला झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए ।

सिटौलाले भने ३१ हजार १ सय ७१ मत ल्याए । लिङ्देनले सिटौलाको भन्दा १३ हजार ४ सय ४४ मत बढी ल्याएर विजयी भएका हुन् । भावी पार्टी सभापतिका दावेदार मानिएका सिटौला संघीय गणतन्त्र स्थानपछिको पहिलो आम चुनावमा पराजित भएसँगै उनलाई ठूलो धक्का लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org