ताजा समाचार

कञ्चनपुर क्षेत्र नम्बर १ (क) मा एमाले जिल्ला अध्यक्ष तारालामा तामाङ दोब्बर बढी मतले विजयी

कञ्चनपुर, २४ मंसिर । नेकपा एमाले कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) प्रदेशबाट वाम गठबन्धनका उम्मेदवार तारालामा तामाङ दोब्बर बढि मतले विजयी भएका हुन् । तामाङले २० हजार १४ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार गोपाल सिंह गुरुङले ९ हजार २९० मत ल्याए ।

तामाङ आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार गोपाल सिंह गुरुङ भन्दा १० हजार ७२४ बढि मत ल्याएर विजयी भएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ (क) मा कुल ४३ हजार १७१ मतदाता मध्ये ३१ हजार २५४ मत खसेको थियो । जसमध्ये १ हजार १४० मत बदर भएका छन् । एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका तामाङ यसअघि २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org