ताजा समाचार

प्रदेश नम्बर ६ मा कांग्रेस बढारियो, वाम प्रदेश सरकार बन्ने निश्चित (तथ्यसहित)

काठमाडौं, २४ मंसिर । प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेस क्लिन भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेस क्लिन भएको हो । प्रदेश नम्बर ६ मा रहेका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सकेनन्।

सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन विजयी भएका छन् । तर प्रदेश सभामा भने नेपाली कांग्रेसले पनि आफ्नो उपस्थिति जनाएको छ ।

हुम्लाको निर्वाचन क्षेत्र (ख) मा जीवनबहादुर शाही विजयी भएका छन्। उनलाई यो प्रदेशमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो। तर सिङ्गो प्रदेश सभामा उनीमात्रै प्रत्यक्ष निर्वाचित सदस्य भएका छन्।

प्रदेश ६ मा पनि कांग्रेस मुक्त बाम सरकार बन्ने निश्चित भएको छ । समानुपातिक सिट गणना नहुँदै यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको हो । सरकार बनाउन २१ सिट आवश्यक हुनेमा अहिले नै एमालेले १० र माओवादीले ८ सिटमा विजय हासिल गरिसकेको छ।

गठबन्धनको अग्रता ४ सिटमा रहेको र समानुपातिकको सिट पनि आउने हुनाले सुविधाजनक बहुमत पुग्ने देखिन्छ। जसले गर्दा वाम गठबन्धनलाई कांग्रेस मुक्त वाम सरकार गठन गर्न बाटो खुल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org