ताजा समाचार

महामन्त्री मोहनविक्रमकी पत्नी दुर्गा पौडेल फराकिलो मतान्तरले विजयी

प्यूठान, २५ मंसिर । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेल विजयी भएकी छन् । प्यूठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी पौडेल नेपाली कांग्रेसका गोविन्दराज पोखरेललाई पराजित गर्दै विजयी भएकी हुन् । पोखरेल पुनर्निर्माण प्राधिकरण प्रमुखबाट राजीनामा दिएर नेपाली कांग्रेसबाट चुनाव लडेका थिए ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वाम गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले १६ हजार २२८ मत अन्तरले पोखरेललाई पराजित गरेकी हुन । पौडेलले ४७ हजार ५१४ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत पाए ।

अर्धभूमिगत जीवन विताई रहेका मोहनविक्रम श्रीमतिका लागि चुनाव प्रचारमा गएका थिए । मतदातासँग मत माग्न गएपनि मोहनविक्रम मतदान गर्न भने गएन । मतदानका दिन मोहनविक्रम सिंह राजधानीस्थित आफ्नै निवासमा बसेर देशभरको चनावी माहोल टेलिभिजनबाट नियालिरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org