ताजा समाचार

संखुवासभामा कांग्रेस उम्मेदवार दीपक खड्का हारको नजिक पुगेपछि मतगणनामा अवरोध

संखुवासभा, २५ मंसिर । संखुवासभामा ६ घण्टादेखि रोकिएको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा जारी मतगणनाका क्रममा दलहरुबीच विवाद भएपछि सोमबार बिहान ५ बजेदेखि रोकिएको थियो । मतगणनाका क्रममा कांग्रेसले वदर मतलाई पुनः गणना गर्नुपर्ने माग राखेपछि विवाद भएको थियो ।

मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएपछि बदर मतको संख्या बढ्दै गएपछि दलहरुबीच विवाद सुरु भएको थियो । मतगणनाका क्रममा सदरमत बदर र बदरमत सदर गर्दे गएपछि पछिल्लो पटक बिवाद आएको हो । आइतबार राति पनि स्वस्तिक चिन्हको बिषयलाई लिएर ६ घण्टा मतगणना रोकिएको थियो ।

कांग्रेसले हालसम्मको बदरमत पुनः गणनाको माग गर्दे निर्वाचन आयोगमा उजुरी गरेको छ । कांग्रेसका उमेदवार दीपक खड्काले बदरमतलाई पुनः मतगणनाको माग गरेपछि विवाद भएको हो । कांग्रेस उम्मेदवार खड्काले आफ्नो हार सुनिश्चित भएपछि विभिन्न वाहना बनाएर मतगणनामा अवरोध गरेको एमालेको आरोप छ । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र गौतमले खड्काले हार्ने सुनिश्चित भएपछि विभिन्न वाहनामा ६ घण्टादेखि मतगणना रोकेको बताए ।

खड्काले आफ्नो हार स्वीकार गर्न नसकेर मत गणनामा विभिन्न बाहना गरेको गौतमको आरोप छ । खड्काले आचारंहिता लागू नभएको, मतपत्रमा लगाइएको मतसंकेत मधुरो भएको जस्ता आरोप लगाउँदै मतगणना स्थगित भएको थियो । सर्वपक्षिय छलफलपछि अहिलेबाट मतगणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतमले २८ हजार ८ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका दीपक खड्काले २७ हजार ६ सय ३७ मत ल्याएका छन् । यसमा २ हजार ७ सय मत बदर भएको छ । गौतमले अहिलेसम्म खड्काभन्दा १ हजार १ सय ७७ मत बढी ल्याएर लिडिङ गरिरहेका छन् । ६९ हजार २ सय ४६ मतदाता रहेको संखुवासभामा ६० हजार ६ सय २० मत खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org