ताजा समाचार

आरजूले जो सँग चुनाव हारिन उनैलाई मन्त्री बनाउन पहल गर्ने प्रतिबद्धता

धनगढी, २५ मंसिर । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् । ‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर यो क्षेत्रको विकासमा लागिरहन्छु ।’

उनले पार्टीभित्रबाट भएको अन्तर्घात, सबै जनतासम्म पुग्न नसक्नु र आफूलाई चिनाउन नसक्नुलगायत हारको कारण रहेको भन्दै धनगढीमा हाबी रहेको जातीयता पनि कारक रहेको बताइन् ।

राणाले आफूलाई पराजित गर्ने एमाले सांसद नारदमुनी रानालाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी छन् । ५ हजार भन्दा बढि मतान्तरमा नारदमुनीसँग पराजित भएकी राणाले क्षेत्रको विकास लागि नारदमुनी मन्त्री बन्नुपर्ने बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org