ताजा समाचार

सिरहा–१ मा काँग्रेसका प्रदीप गिरि विजयी

 

 

सिरहा, २५ मंसिर । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी हुनुभएको छ । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गर्नुभयो ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा एमालेका अशोक यादव विजयी हुनुभएको छ । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६०८ मत प्राप्त गर्नुभयो । यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा एमालेका मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org