बधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’
पाल्पा, २५ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुने भएपछि पाल्पाका विजयी तथा पराजित दुबैथरीले फेसबुकबाट आफूलाई सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।
मतदाता तथा शुभचिन्तकले विजयी उम्मेदवारलाई फेसबुकबाटै बधाई तथा शुभकामना दिने क्रम जारी छ । पराजय भोगेका उम्मेदवारले विजेतालाई सम्मानपूर्वक बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको सर्वत्र सराहना गरिएको छ ।पाल्पा निर्वाचन क्षेत्र २ प्रदेश ख का विजयी उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती वसन्तलाई नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले प्रेस विज्ञप्तिमार्फत शुभकामना दिनुभयो । विज्ञप्तिमा भनिएको छ – “यो निर्वाचनमा मेरा विजेता मित्र वसन्त घर्ती लगायतका टोलीलाई हार्दिक बधाई दिँदै संविधान कार्यान्वयन, लोकतन्त्रको संरक्षण, देश र जनताको समृद्धिका लागि कार्य गर्ने सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु र यस कार्यमा मेरो सधैँ रचनात्मक सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
प्रदेशसभामा विजयी भएपछि घर्तीले आम पाल्पाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, शुभचिन्तक, आफन्तजन तथा सम्पूर्ण मतदाताको सद्भाव र सहयोगबाट आफूलाई विजयी बनाउन सहयोग गर्नुभएकामा फेसबुकबाट हार्दिक आभार व्यक्त गर्नुृभयो । पाल्पा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले नेकपा एमालेका विजयी उम्मेदवार दलबहादुर रानालाई बधाई तथा शुभकामना दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सोमप्रसाद पाण्डेयले फेसबुकमार्फत नै मतदाता, शुभचिन्तक तथा निर्वाचन सम्पन्न गराउन अहोरात्र खट्ने कर्मचारी, पत्रकार तथा पर्यवेक्षकलाई धन्यवाद दिनुभयो ।
पाल्पा निर्वाचन क्षेत्र १ मा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर राना, पाल्पा क्षेत्र १ प्रदेश क युवराज खनाल, ख मा नारायण आचार्य र पाल्पा क्षेत्र २ बाट सोमप्रसाद पाण्डेय, प्रदेश क मा डा पुरन बज्राचार्य र ख मा तुलाराम घर्ती वसन्त विजयी हुनुभएको छ । रासस
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...