ताजा समाचार

कञ्चनपुर ३ बाट कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पराजित गर्दै दीपक भट्ट विजयी

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुर क्षेत्रनम्बर ३ बाट माओवादी नेता डा. दीपक प्रकाश भट्ट विजयी भएका छन् । कांग्रेसका प्रभावशाली नेता नेता रमेश लेखकलाई २५८ मतले पराजित गर्दै एमाले उम्मेदवार भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २६ हजार १०६ मत पाए ।

प्रदेशसभा तर्फ एमाले र माओवादीले एक(एक सिट जितेका छन् । क्षेत्रनम्बर ३ (क) मा एमाले उम्मेदवार प्रकाश रावल १२ हजार ८१७ मतसहित प्रदेशसभामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत पाए ।

क्षेत्रनम्बर ३ (ख) मा माओवादी केन्द्रका मानबहादुर सुनार १३ हजार ७ सय मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बेलबहादुर रानामगरले १३ हजार ५३९ मत पाए ।

कञ्चनपुरका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका छन् । क्षेत्रनम्बर १ मा विना मगर निर्वाचित भएकी छन् । यसैगरी क्षेत्र नम्बर २ मा नरबहादुर धामी र ३ मा दीपक प्रकाश भट्ट विजयी भएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा कञ्चनपुरका तीन ओटै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org