ताजा समाचार

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी सांसद्मा निर्वाचित हुँदै सिंहदरवारको यात्रामा

कैलाली, २६ मंसिर । भूमिगत अवस्थामा चुनाव लडेका रेशम चौधरी कैलाली क्षेध नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । टीकापुर घटनाका मुख्य योजनाकारण मानेर प्रहरीको फरार सूचीमा रहेका चौधरी आफ्ना प्रतिस्पर्धीलाई झण्डै २१ हजारको फराकिलो मतान्तरले सांसदमा निर्वाचित भएका हुन्् ।

राजपाका उम्मेदवार चौधरीले ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ छ । कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org