ताजा समाचार

किन भयो काठमाडौं फर्किन लागेका प्रचण्डको एकाएक कार्यतालिका परिवर्तन ?

चितवन, २६ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरी घर दैलो कार्यक्रममा निस्कने भएका छन् । ३ नम्बर निर्वाचन क्षेत्रबाट भारी मतका साथ विजयी भएका प्रचण्ड पुनः घरदैलोमा निस्कने भएका हुन् । आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन प्रचण्ड घरदैलोमा निस्कने भएका हुन् ।

प्रचण्ड आज (मंगलवार) र भोलि (बुधवार) चितवन क्षेत्र नम्बर ३ का मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सेनाले जानकारी दिए । चुनावमा विजयी भएपछि काठमाडौं आउने तयारी गरिरहेका बेला प्रचण्डले एका–एक कार्यतालिका परिवर्तन गरी घरदैलो गर्ने निर्णय गरेका हुन् ।

साथै प्रचण्डले सोमवार नै विज्ञप्ती जारी गर्दै आफूलाई मतदान गरी जिताउने मतदातालाई धन्यवाद दिइसकेका छन् । उनले आगमी दिनमा आफू चितवन र समग्र राष्ट्रको विकास तथा समृद्धिका लागि केन्द्रित हुने पनि बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org