बैतडीमा समानुपातिकमा एमाले पहिलो
बैतडी, २६ मसिंर । बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएकोे छ । यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ ।
यस्तै प्रदेशसभा क्षेत्र नं १ मा पनि एमालेले सबैभन्दा बढी नौ हजार ८७३ मत प्राप्त गरेको छ । काँग्रेसले नौ हजार ६६९, माओवादी केन्द्रले छ हजार ८१४, राप्रपाले एक हजार ९७८ र विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्राप्त गरेको छ । काँग्रेसले आठ हजार ५९३, माओवादी केन्द्रले चार हजार ५६१ र राप्रपाले तीन हजार १७१ र विवेकशील साझाले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएका छन् ।
प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीका प्रत्यक्षतर्फका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको थियो। बैतडीमा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन भएको थियो । वाचा पूरा गर्छौँः सांसद नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनका समयमा जनतासमक्ष गरेका वाचा पूरा गर्ने दोह¥याएका छन् । प्रेस चौतारी नेपालले बैतडीको पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद दामोदर भण्डारीले वाम गठबन्धनको सरकारले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेतीको काम अघि बढाउने बताउनुभयो ।
बैतडीमा निर्माणाधीन जिल्ला अस्पतालको ५० श्ययाको अस्पतालको निर्माणलाई गति दिइने, सबै गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि पहल गरिने र सडक पहुँच विस्तार गरिने बताउँदै उहाँले भन्नुभयो, “समग्र बैतडी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गनेर्छौें। ”
पत्रकार सम्मेलनमा प्रदेशसभा क्षेत्र नं क का सदस्य प्रेमप्रकाश भट्टले क्षेत्र नं १ मा रहेका खानीको खोजी गरी सञ्चालनका लागि पहल गरिने बताउनुभयो । यस्तै प्रदेशसभा क्षेत्र नं ख का सदस्य लीलाधर भट्टले संघीयताको कार्यान्वयनको सिलसिलामा नीतिगत समस्या भएका ठाउँमा सुधार गरेर अघि बढिने छ भन्नुभयो । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...