ताजा समाचार

३६ घण्टाको बाटो हिँड्दा हिँड्दै एक महिलाले बाटोमै बच्चा जन्माईन्

जाजरकोट, २६ मंसिर । जाजरकोटमा एक महिला हिँड्दा हिँड्दै बाटोमै बच्चा जन्माएकी छन् । नियमित स्वास्थ्य जाँच गराउन कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माएकी हुन् । शर्मिलाको घरबाट सदरमुकामसम्म पुग्न सामान्य हिँडाईमा ३६ घण्टा लाग्छ ।

दोस्रो पटक आमा बन्न लागेकी शर्मिला अस्पतालमा सुत्केरी हुने भन्दै बहिनी साथी लिएर खलंगा गएकी थिईन् । खलंगा जाँदै गर्दा उनले पाँचकाटिया नजिकै कर्कले भीरको बाटोमै बच्चा जन्मिएको स्थानीय बासिन्दा डिल्ली थापाले जानकारी दिए । उनलाई सुत्केरी गराउन बहिनीसँगै स्थानीय महिलाहरुले पनि सहयोग गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org