ताजा समाचार

वाम एकताका लागि जनमोर्चा सकारात्मक

 

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको सो पार्टीले निर्वाचनको परिणाम उत्साहजनक रहेको तथा मतदाता र कार्यकर्ताको अपेक्षा बलियो कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतामा जोड दिएको हो ।

अध्यक्ष केसीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव दिनुभएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी प्रतिक्रियावादी र विस्तारवादी शक्तिका विरुद्ध एकीकृत हुँदै राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र जनतन्त्रको लक्ष्य प्राप्तिमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org