गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोडको चिज उत्पादन
रसुवा, २९ मंसिर । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज याकउत्पादन भएको छ । दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।
गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा रु पाँच करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ । उपभोक्ताको माग बढ्दै गएको छ । लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ । अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...