चुनाव सकिएपछि देउवा सरकार छाड्ने बताएका माओवादी मन्त्रीहरु कहिले हट्लान् ?
काठमाडौं, २ पुष । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उद्घोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दासमेत सरकार छाड्न सकेको छैन। एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्मको घोषणालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बिनाविभागीय बनाइदिएका उसका नौ मन्त्री र आठ राज्यमन्त्री अझै बिनाविभागीय हैसियतमा सरकारमा छन्। आजको राजधानी दैनिकमा खबर छ ।
सत्तारूढ दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल गरेपछि नैतिकताका आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने तर मन्त्रीहरू भने फिर्ता बोलाउने तयारी गरेको थियो।
असोज अन्तिम साता माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन नगराउने खेलमा लागेको भन्दै निर्वाचनको सुनिश्चितता नभएसम्म आफ्ना मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गरेको थियो। तर निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको सबै मतपरिणाम आई समानुपातिकतर्फको समेत अन्तिम चरणमा पुग्दासमेत माओवादी मन्त्रीहरू अझै सरकारमा छन्।
वाम गठबन्धनलगत्तै प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई बिनाविभागीय बनाएका थिए। ३१ असोजमा देउवाले माओवादी मन्त्रीको जिम्मेवारी खोसे पनि निर्वाचनको सुनिश्चितताका लागि बिनाविभागीय रूपमै भए पनि सरकारबाट नहट्ने निर्णय गरेको थियो। यद्यपि, माओवादीले प्रधानमन्त्रीले हट्न आग्रह गरेको अवस्था र निर्वाचनको सुनिश्चितता भएको खण्डमा समर्थन जारी राख्ने तर आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने बताउँदै आएको थियो।
वाम गठबन्धन दलले सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा गठन तथा सरुवा बढुवाको विरोध गरिरहे पनि माओवादीकै मन्त्रीहरू भने सरकारबाट हटेका छैनन्। आफैं सरकारमा रहनु र पुनः आफैं सरकारको विरोध गर्नु दोहोरो चरित्र भएको भन्दै माओवादी मन्त्रीको आलोचनासमेत सुरु भएको छ। कतिपय आलोचकहरूले प्रधानमन्त्रीले बिनाविभागीय बनाएको अवस्था र निर्वाचन सम्पन्न भई सबै मतपरिणाम आउँदासमेत माओवादी मन्त्रीहरू सरकारमा नै रहनु सत्तालिप्साको उदाहरण भएको संज्ञासमेत दिने गरेका छन्।
माओवादी केन्द्रले भने यसअघि निर्वाचन हुन्छ कि हुन्न भन्ने आशंका उत्पन्न हुँदाहुँदै निर्वाचन सम्पन्न भएको र अब अहिलेको सरकार हटेर नयाँ आउने भएकाले अहिलेको अवस्थामा सरकारबाट हट्नु र नहट्नुको अर्थ नभएको बताएको छ। ‘यो सरकार नै कामचलाउ सरकार हो, अब यो सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुख सबै नयाँ चुनिने हो, यी सबै काम अब सुरु नै हुने अवस्थामा छ त्यसैले अहिले आएर हामी हट्नु वा नहट्नुको अर्थ पनि हुन्न र सान्दर्भिक पनि छैन,’ बिनाविभागीय मन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले भने।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...