ताजा समाचार

मोरङमा निर्माणाधीन भवनको पर्खाल भत्किदाँ १ कामदारको मृत्यु, ३ जना घाइते

विराटनगर, ३ पुस । मोरङमा निर्माणाधीन भवनको पर्खाल भत्किदाँ १ जनाको ज्यान गएको छ । मोरङको विराटनगर–४ स्थित केशलिया खोला नजिकै निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा एक कामदारको ज्यान गएको हो । घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।

आइतबार साँझ अचानक कारखानाको पर्खाल भत्किँदा सोही कारखानामा कार्यरत दुहबी– १३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा विराटनगर–४ का ५० वर्षीय रतन माझी, दुहबी भलुवा नगरपालिका– ११ का २५ वर्षीय रमेश मण्डल र सोही स्थानका ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । निर्माणाधीन भवनमा पिलर नहाली पर्खाल बनाइएकाले दुर्घटना भएको मृतकका आफन्त विनोद चौधरीले आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org