बराहक्षेत्रमा विवाह महोत्सव हुने
काठमाडौं । बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो ।
महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए ।
विवाह महोत्सव अन्तर्गत पुस २१ गते गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने भएको छ । पुस २२ गते धरणीलाई वराह मन्दिर पुर्याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिने भण्डारीले जानकारी दिए ।
सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने भएको छ ।
पण्डित भण्डारीका अनुसार लीलाविग्रहमा समेत लक्ष्मीजीका साथमा नारायण, सीताका साथमा राम, राधाजीका साथमा कृष्ण, पद्मावतीका साथमा वैङ्कटेस, रङ्गनायकीका साथमा रङ्गनाथ भगवान् साथमा भए झैँ धरणीका साथमा सदासर्वदा वराह रहको मान्यता छ ।
विवाह महोत्सवको अन्तिम तयारी पूरा भएको पण्डित भण्डारीको भनाइ छ । महोत्सवको समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय भएको छ ।
तीन हजार वर्षअघिको इतिहास बोकेको बराहक्षेत्र मन्दिर हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार बराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि...
-
सुक्खा पहिरोले अवरुद्ध कोशी राजमार्ग खुल्यो
काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।...
-
लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ...
-
सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को
काठमाडौं । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका...
-
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
काठमाडौं । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरु भएको छ ।...
-
संखुवासभाको बाह्रबिसेमा आगलागीबाट पाँच घर जलेर नष्ट
काठमाडौं । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो करिब साढे...
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई...
-
जिल्लामा एमबिबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
काठमाडौँ । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल...