लौ आयो स्तन क्यान्सर पत्ता लगाउने ब्रा !
एजेन्सी । मेक्सिकोका एक जना विद्यार्थीले स्तन (ब्रेस्ट) क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । उनले यो ब्राको नाम ‘इवा ब्रा’ राखेका छन् । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् ।
उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् ।
मेक्सिकोका राष्ट्रपतिले पनि यो आविष्कारका लागि जुलियनलाई बधाई दिएका छन् । उनले तीनजना साथीसँग मिलेर यो ब्रा बनाएका हुन् । ब्राको प्रवद्र्धन गर्न तीनै जनाले एउटा कम्पनी पनि स्थापना गरेका छन् । तर यो ब्राको पूर्णतया परीक्षण भइसकेको छैन ।
तीनै जनाले ब्रा परीक्षणका लागि पर्याप्त रकम जम्मा गरिसकेका छन् । ब्रा आविष्कारका लागि उनीहरूलाई ‘ग्लोबल स्टुडेन्ट एन्टरप्रिनियर’ (युवा उद्योगपति) बाट पुरस्कृत गरिएको छ ।
क्यान्सरयुक्त ट्युमरमा रगतको प्रवाह बढ्दा छालाको तापक्रम बढ्छ । यो ब्रामा जडित बायोसेन्सरले छालाको तापक्रम नाप्छ र एउटा एपसँग सम्पर्क गर्छ । एपले गरेको विश्लेषणपछि ब्राले छालामा भएको परिवर्तनको जानकारी पहिरिने महिलालाई दिन्छ । तर यसबाट जानकारी पाउनका लागि एक सातामा यो ब्रा कम्तीमा पनि ६० देखि ८० घन्टा लगाउनु पर्छ । यसो गरेमात्र यसले सटीक जानकारी दिन्छ ।
सुरुवाती अवस्थामै भएकाले यसको पूर्ण परीक्षण भइसकेको छैन । मेडिकल साइन्सले पनि यसलाई प्रमाणित गर्न बाँकी छ । मेडिकली प्रमाणित भएपछि क्यान्सर विशेषज्ञहरूले यो ब्रा प्रयोग गर्न सिफारिस गर्नेछन् ।
बेलायती क्यान्सर अनुसन्धानकर्ता आना पेर्मनले भनिन्, ‘हामीलाई थाहा छ, अधिकांश ट्युमरमा रक्तनलीहरू अव्यवस्थित हुन्छन् । तर रक्त प्रवाह बढ्नु क्यान्सरको लक्षण नै हो भन्ने कुनै आवश्यक छैन ।’
उनका अनुसार तत्काल यो ब्राले स्तन क्यान्सरका ट्युमर पत्ता लगाउने प्रमाणित भइसकेको छैन । र, कुनै वैज्ञानिक परीक्षणबिनै यो ब्रा लगाउन महिलालाई सुझाव दिन सकिँदैन ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...