ताजा समाचार

चुनावअघि हात जोडेर खेतबारी सम्मै पुगेका नवराज सिलवाल जितेपछि घोडा चढेर घरदैलोमा

काठमाडौं, ३ पुस । बेला बेला चर्चामा आईरहने पूर्व डिआइजी नवराज सिलवाल फेरी चर्चामा आएका छन् । आइजीपी बन्नबाट सर्वोच्च अदालतले बाटो बन्द गरिदिएपछि राजीनामा दिएर राजनीतिमा आएका सिलवाल नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

चुनाव प्रचार प्रसारको क्रममा विभिन्न शैली अपनाएर चर्चामा आएका सिलवाल चुनाव जितेपछि घोडा चढेर मतदाताको घरदैलौमा गएका छन् । चुनाव प्रचारको क्रममा कहिलै मतदाताको खेतबारीमा, केहिलै घास काट्न, कहिलै खुट्टा ढोग्नेजस्ता कार्य गरेर सामाजिक सञ्जाल र मिडियामा चर्चाका आएका थिए ।

चुनावको बेला हिलोमा गएर धान काटेर चर्चामा आएका सिलवाल चुनाव जितेपछि भने मतदातालाई धन्यवाद दिन घोडामा चढेर गएका हुन् । चुनावको बेला हात जोडेर नमस्कार गर्दै भोट माग्न गाउँघरमा पुगेका सिलवाल जितेपछि भने घोडामा मतदाताको घरमा पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org