ताजा समाचार

वाम गठबन्धनलाई सरकारले दियो यस्तो जवाफ, के अब वाम गठबन्धनको मुख बन्द होला ?

काठमाडौं, ४ पुस । सरकारले कानूनी जटिलता निम्त्याएर सत्ता लम्ब्यान नचाहेको बताएको छ । सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको भन्दै आफुहरुले सत्ता लम्ब्याउने कुनै मनसाय नबनाएको दाबी गरेको हो ।चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले पत्रकार सम्मेलन नै गरेर त्यसको खण्डन गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । तर, केही दलका नेताहरुबाट आशंकित अभिव्यक्ति आउनु दुःखद भएको उनको तर्क छ ।

अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति सिट पायो भन्नेसम्म निर्वाचन आयोगले भन्न बाँकी रहेको भन्दै उनले राष्ट्रियसभा कानुन नभई अघि बढ्न नसक्ने बताए । उनले अघि भने, ‘सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।’ साथै उनले यो सरकार रहँदासम्म नियुक्ति तथा सरुवा बढुवाका काम नरोकिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org