ताजा समाचार

अध्यादेशबारे छलफल गर्न सुवास नेम्वाङलाई बोकेर ओली र प्रचण्ड शीतलनिवासमा

काठमाडौं, ५ पुस । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न ओली र प्रचण्ड शीतल निवास पुगेका हुन् ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । ओली र प्रचण्डका साथमा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ पनि गएका छन् ।

कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेको छ । एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने बताइरहेको छ भने माओवादी मध्यमार्गी समाधानको पक्षमा छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org