ताजा समाचार

गिजाको अप्रेसन गर्दा एकको मृत्यु, अस्पतालमा तनाव, मृतकका छोरा समेत बेहोस

गुल्मी, ५ पुस । गिजाको अप्रेसन गर्दा एकको ज्यान गएपछि रेसुंगा अस्पताल तनावग्रस्त बनेको छ । सदरमुकाम तमघासमा रहेको रेसुंगा अस्पतालमा दाँत दुखेर उपचार गर्न आएका बिरामी मलिका गाउँपालिका – ६ अर्जेका शिवलाल अर्यालको ज्यान गएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

अर्याल दाँत दुखेर मंगलबार अस्पताल भर्ना भएका थिए । अर्यालको गिजामा जमेको पिप अप्रेसन गरेर निकालेपछि ठिक हुने डाक्टरले भनेपछि अप्रेशन गरिएको आफन्तहरुले बताए । तर गिजाको अप्रेसनपछि होस् नआएको आफन्त बुद्धि गौतमले जानकारी दिए । उनले भने, ‘गिजाको अप्रेसनपछि ठिक हुन्छ भनेपछि अपरेसन गरियो, तर अप्रेसनपछि होस नै आएन ।’

सामान्य दाँतको उपचार गर्दा बुबाको मृत्यु भएपछि अर्यालका २१ वर्षीय छोरा समेत वेहोस अवस्थामा छन् । डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन् भने अस्पतालमा तनाव सिर्जना भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org