ताजा समाचार

वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागीको दर्दनाक अवस्थाका पाँच तस्बिर

पर्सा, ५ पुस । सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आज बिहान आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । आगलागीमा परी ३ जना घाइते भएका छन् । आगो निभाउन जाँदा जलेर घाइते भएका वीरगंज वारुणयन्त्रका कर्मचारी भोजपुरका सञ्जीव नेपाल र अर्का वीरगञ्ज महानगरपालिकाका अरुण महतोलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकल समेत जलेको प्रहरीले जनाएको छ । ग्यास उद्योगबाट एक जनाको जिबितै उद्धार गरिएको छ । उनको शरीर पुर्ण रुपमा जलेको बताइएको छ ।

सामान्य दमकलले आगो नियन्त्रण लिन नसकिने भएकाले भारतबाट अत्याधुनिक दमकल मगाइएको वीरगन्जका प्रमुख जिल्ला अधिकारी बिनोदप्रसाद सिंहले जानकारी दिए ।

आगो नियन्त्रण बाहिर गएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइएको हो । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । आगो फैलिँदै गएपछि वरपरका बासिन्दा त्रसित भएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org