यी हुन्, एमालेसँग वाम एकता हुनेविक्तिकै विद्रोहको तयारीमा बसेका माओवादी नेताहरु
काठमाडौं, ५ पुस । एमाले र माओवादीबीचको पार्टी एकिकरणको चर्चाले नेताहरु दुई ध्रुबमा बाँडिएका छन् । चुनाव लगत्तै पार्टी एकिकरण गरेर जाने बताउँदै जनताबाट जनमत प्राप्त गरिसकेका एमाले-माओवादीभित्र अहिले अाएर पक्ष विपक्षका स्वरहरु बाहिरिन थालेका छन् । माओवादी केन्द्रका केही नेताहरुले त पार्टीभित्र विद्रोहको तयारी नै गरेका छन् ।
एमालेभित्र पनि पार्टी एकताको विपक्षमा केही नेताहरु भएपनि उनीहरु त्यति खुल्न सकेका छैनन् । तर माओवादी केन्द्रमा भने पार्टी एकता हुनेविक्तिकै विद्रोहको तयारीमा केही नेताहरु बसेका छन् । पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको हो ।
असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति लिएको छ । एकता विरोधीको समेत दुई खेमा छ । एक खेमाको नेतृत्व गोपाल किराती र अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक छ ।
किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् । आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् ।
किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फर्किएका थिए । यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।
आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् । श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पुर्याउन सक्रिय भएका छन् । आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् ।
http://news-nepal.com/712662-2/
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...