२७ जिल्लामा निर्वाचनको निरिक्षण गरेको कार्टर सेन्टरले निकाल्यो यस्तो विज्ञप्ती
काठमाडौं, ७ पुस । कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ । आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ ।
तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले पहिलो चरणको निर्वाचन परिणामलाई १० दिन परिणाम ढिलो गर्ने आशय देखिएको र जसका कारण मतदातामा आक्रोश पैदा भएको देखिएको छ ।
प्रथम चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले आधिकारिक मतगणनासम्बन्धी थुप्रै निर्देशन जारी गरेको तर अधिकांश मतदान अधिकृतले यसको पूरै बेवास्ता गर्दै मतगणना प्रक्रियामा राजनीतिक दलका एजेण्टसँग सहमति गर्ने बाटो अवलम्बन गरेको पाइयो ।
सन् १९८२ मा स्थापना भएको कार्टर सेन्टरले विश्वका ८० मुलुकमा द्वन्द्व समाधान गर्ने, मानव अधिकार, आर्थिक अवसर तथा स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...