ताजा समाचार

पार्टी एकताबारे प्रचण्डले भने, ‘पुल नै भत्काएर अघि बढेपछि कसरी पछाडि हट्ने’

चितवन, ९ पुस । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको बताएका छन् । पार्टी एकतामा पछि फर्कनु नपर्ने गरी पुल नै भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेको उनको दाबी छ । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए ।

चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो,’ प्रचण्डले भने ।

एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए । उनले भने, ‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’

यद्यपि वाम गठबन्धन र पार्टी एकतामा दरार ल्याउने प्रयास हुनु कुनै अनौठो नभएको उनले बताए । ‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेको भन्दै उनले भने, ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले गर्ने कसरत हास्यास्पद लाग्छ ।’

पार्टी एकता र गठबन्धन के हुन्छ भन्ने बारेमा भ्रामक समाचार आएका छन्, त्यस्तो भ्रामक समाचारको आधिकारिकता पुष्टि नभई प्रचार नगरिदिनु मेरो अनुरोध छ’ प्रचण्डले भने, ‘आज विहान र हिजो बेलुकी पार्टी एकता टुङ्ग्याउने गरी ओलीसँग कुरा भएका छन्।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org