ताजा समाचार

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बेला माओवादीबाट आयो नयाँ प्रस्ताव

काठमाडौं, ९ पुस । वाम एकता र नयाँ सरकार गठनका विषयमा विभिन्न टिकाटिप्पणी भईरहेका बेला माओवादीबाट नयाँ प्रस्ताव आएको छ । वाम एकतापछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने एमाले माओवादीभित्र एक किसिमको छलफल चलिरहेका बेला माओवादी नेताले नयाँ प्र्रस्ताव गरेका हुन् ।

विना विभागीय मन्त्री समेत रहेका माओवादी नेता प्रभु शाहले पार्टी अध्यक्ष केपी ओलीले गर्नुपर्ने बताएका छन् । रौतहटमा पत्रकारहरुसँग कुरा गर्र्दै नेता शाहले पार्टी अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले हुनुपर्ने नयाँ प्रस्ताव ल्याएका हुन् । राजनीतिक स्थीरताको लागि प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताएका हुन् ।

वाम गठबन्धनमा एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको जिकिर गर्दै संविधान कार्यान्वयनको लागि पनि प्रचण्डले पहिला सरकारले नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

‘पहिलो अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा मधेशी, आदिवासी जनजाती, मुस्लिम तथा पिछडावर्गको सहानुभूति प्राप्त हुनेछ । र संविधानमा देखिएको असन्तुष्टि पनि पुरा हुनेछ ।’ उनले भने ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org