ताजा समाचार

ओली निवासमा घाम ताप्दै गफिए प्रचण्ड र ओली, भेटपछि किन भए दुवै नेता प्रफुल्ल ?

काठमाडौं, १२ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली बालकोट निवासमा भएको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता, राष्ट्रिय सभा निर्वाचन अध्यादेश लगायतका विषयमा छलफल भएको थियो । ओलीलाई भेट्न प्रचण्ड दिउँसो साढे १ बजे ओली निवास बालकोट पुगेका थिए ।

दुई नेताहरुवीच करिव १ घण्टा वार्ता भएको थियो। पार्टी एकता, सरकार गठन र राष्ट्रियसभा गठन अध्यादेश सबै बिषयलाई उपयुक्त ढंगमा अघि बढाउँदै सहमतिकासाथ समाधान खोज्नेवारे छलफल भएको जनाईएको छ ।

दुई नेताबीच पार्टी एकताका सम्बन्धमा पार्टी एकता संयोजन समितिको बैठक आवश्यक तयारीका साथ बिहिबार गर्नेवारे छलफल भएको छ । त्यस्तै, निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेद्वारको नाम सुची अनुसार टुङयाउनेसम्बन्धमा गरेको आग्रह बमोजिम त्यसलाई अघि बढाउनेवारे पनि छलफल भएको छ ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटले त्यसलाई चिर्ने काम भएको नेताहरुले बताएका छन् । हिजो चितवनको ४ दिन लामो चितवन बसाई सकेर प्रचण्ड काठमाडौं फर्किएका थिए । हिजै दुई अध्यक्षबिच भेट हुन बताइएपनि आजै मात्रै भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org