ताजा समाचार

राष्ट्रपति भण्डारी भेट्न प्रचण्ड एकाविहानै शितलनिवास पुगेपछि…

काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड बिहिबार बिहान ९ बजे शितल निवास पुगेका थिए ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गर्न लागेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आएका छन्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org