ताजा समाचार

यी हुन् विवेकशील साझाले छानेका ३ नम्बर प्रदेशका लागि समानुपातिक सांसद

काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ।

यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख चौबिस हजार चार सय बयालीस मत प्राप्त गरेको थियो। विवकेशील साझाले समानुपातिकतर्फ पाएको ३ सिटमा रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाएको छ ।

छनौट भएका उमेदवारहरुको संक्षिप्त परिचय यस प्रकार छ: 

१) रमेश पौड्याल (सिन्धुपाल्चोक)

रमेश पौड्यालले विवेकशील साझा पार्टीलाई प्रदेश ३ को प्रदेशसभामा पार्टीको संसदीय दलको नेतृत्व गर्दै छन् | ३९ बर्षिय पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन् l पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् l पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् l

२) शोभा शाक्य (ललितपुर)

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले सम्मानजनक मतसहित दोश्रो स्थान हासिल गरेकी थिईन् l विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन् । महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् l

३) विराज भक्त श्रेष्ठ (काठमाडौं)

काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ-संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन्।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org