ताजा समाचार

२७ वर्षीया सिर्जना सैंजु बनिन् नेमकिपाकी एक्ली समानुपातिक सांसद्

काठमाडौं, १३ पुस । नेपाल मजदुर किसान पार्टीले प्रदेश सभातर्फ एक जना मात्र समानुपातिक सांसद् पाएको छ । नेमकिपाले पाएको एक मात्र समानुपातिक सिटमा प्रदेश नम्बर ३ बाट विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

पार्टीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध २७ वर्षीय सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट यसअघि पनि युवा महिलालाई सभासद् बनाएको थियो ।

सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org