ताजा समाचार

देउवा शितल निवास पुगेको केहि समयमै राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण

काठमाडौं, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो ।

कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो । तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्दै आएको थियो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

पछिल्लो समय एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको हो । यसअघि एमालेले बहुमति प्रणालीमा जानुपर्ने अडान राख्दै आएको थियो । अब सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछ। निर्वाचनको मिति तोकेसँगै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने मनसाय बनाएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org