ताजा समाचार

प्रचण्डको घोषणा, ‘अबको बाँकी जीवन देशकै लागि समर्पित गर्ने छु’

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अकको बाँकी जीवन राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्ने बताएका छन् । राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु केन्द्रित भएको बताए ।

व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्नेछौं ।’

अहिले जन चाहना राष्ट्रको समृद्धि र विकास नै भएको बताउँदै प्रचण्डले भने, ‘मैले त निर्वाचनको बेला पनि भनेको छु मेरो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति ।’ देशमा लामो समयसम्म राजनीतिक उतारचढाव, खिचातानी भएकाले जनताको चाहना तथा राष्ट्रको आवश्यकता पनि शान्ति, समृद्धि र विकास नै भएको उनले बताए । १० वर्षे सशत्र युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि भूमिका खेल्नेसमेत बताए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org