ताजा समाचार

मर्ने बेला हरियो काक्रो: मन्त्री गिरीलाई बर्खास्त गर्न कमल थापाको देउवालाई पत्र

काठमाडौं, १४ पुस । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन्। थापा आफैंले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन् । सम्वन्धित दलले सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्नेछन् ।

सहरी विकास मन्त्रालयमा सचिवको नियुक्तिलाई लिएर उपप्रधानमन्त्री थापा तथा मन्त्री गिरीबीच मतभेद भएपछि बिहीबार नै क्याबिनेट बैठकमा थापाले गिरीलाई राजीनामा दिन आदेश दिएका थिए। मन्त्री गिरीले ‘मैले राजीनामा तपाईँलाई होइन, प्रधानमन्त्रीलाई दिने हो’ भनेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री थापाले शुक्रबार उनको बर्खास्तीका लागि प्रधानमन्त्रीलाई पत्र लेखेका हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org