ताजा समाचार

प्रत्यक्षमा एक सिट पनि नजितेको राप्रपाले प्रदेशसभा तर्फ समानुपातिक सांसद्को टुंगो लगायो

काठमाडौं, १४ पुुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाका समानुपातिक सदस्यहरुको नाम टुंगो लगाएको छ । राप्रपाले प्रदेश नम्बर १ मा इन्दिरा राई, प्रदेश नम्बर ३ मा रिता माझी र प्रदेश नम्बर ६ मा सोशीला शाहीलाई पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले ३ वटा प्रदेशमा १/१ सिट पाएको छ ।

राई झापा, माझी रामेछाप र शाही काालिकोटबाट छानिएका हुन् । राप्रपाले प्रत्यक्षतर्फ भने प्रदेशमा कुनै सिट जितेको छैन । प्रतिनिधिसभातर्फ भने राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड नकटाएका कारण कुनै सिट पाएको छैन ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फबाट भने झापा ३ बाट राजेन्द्रप्रसाद लिङदेन निर्वाचित भएका थिए । तर समानुपातिकमा ३ प्रतिशत मत नल्याएका कारण प्रतिनिधिसभामा लिङदेनले स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गर्नेछन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org