ताजा समाचार

प्रदेश सांसद नबनाएको भन्दै राजपा पार्टी कार्यालयमा तोडफोड, सांसद बन्न जागिर छाडेका भए घर न घाँटका

काठमाडौं, १४ पुस । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालयमा तोडफोड भएको छ । प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिस नगरेको भन्दै राजपा पार्टी कार्यालयमा तोडफोड भएको हो । मधेशी कर्मचारी मञ्चका सदस्यहरुले शुक्रबार साँझ प्रदेशसभातर्फ समानुपातिक सिटमा मनलाग्दी व्यक्तिको सिफारिस गरेको भन्दै तोडफोड गरेको महासचिव केशव झाले जानकारी दिए ।

मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह राजपाको प्रदेश २ को समानुपातिकको सूचीमा थिए। उनी सरकारी जागिर छाडेर समानुपातिकमा बसेका थिए। तर, उनको नाम सिफारिस नभएपछि शुक्रबार साँझ कार्यालयमा तोडफोड भएको हो। उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org