ताजा समाचार

प्रधानमन्त्रीले एकाएक दिए राजीनामा, राष्ट्रपतिद्वारा नयाँ सरकारको घोषणा

काठमाडौं, १७ पुस । मालीका प्रधानमन्त्री सुमेलोउ बाउबेय माइगाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिएका थिए । राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन् । मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ ।

इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ । नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उनले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिएका थिए।

आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ । केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिएका थिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org