ताजा समाचार

ओलीसँग खटपट हुन थालेपछि प्रचण्ड देउवा भेट्न एकाएक पुगे बालुवाटार

काठमाडौं, १८ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटारमा देउवा र प्रचण्डबीच प्रदेश प्रमुख, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

आजै विहान सम्पन्न कांग्रेसका बरिष्ठ नेताहरुको बैठकले प्रदेश प्रमुख, राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो। कांग्रेसका शीर्ष नेताहरुको बैठकले एमाले, माओवादी केन्द्र, राजपा र फोरमसँग छलफल गरेपछि मात्र प्रदेश प्रमुख चयन गर्ने निर्णय गरेको थियो।

कांग्रेस र राजपाले प्रचण्डलाई प्रधानमन्त्री बन्न विभिन्न अफर गरिरहेकै बेला हुन लागेको भेटलाई अर्थपूर्ण मानिएको छ । कांग्रेसले जसरी भएपनि माओवादीलाई एमालेसँग मिल्न नदिन विभिन्न षडयन्त्रमा लागेको छ । उसले माओवादीलाई फकाएर हुन्छ की धम्क्याएर हुन्छ ति सबै रणनीतिका साथ एमालेबाट अलग गराउने रणनीति अपनाईरहेको छ । तर माओवादीले भने वाम एकता जनताले अनुमोदान गरिसकेकोले कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै आएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org