ताजा समाचार

प्रहरीले दमन गरेको भन्दै वाम युवा देशभर आन्दोलनमा उत्रिए

काठमाडौं, १९ पुस । वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले सरकार र निर्वाचन आयोगविरुद्ध विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बुधबार दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिनेछ ।

यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि ५० पैसा नै किन नहोस् अविलम्व फिर्ता गर्नुपर्छ, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्छ र शान्तिपूर्ण विरोध प्रदर्शनमा दमन गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो संयुक्त माग छ,’ क्रान्तिकारी अध्यक्ष तामाङले भने, ‘हाम्रो आन्दोलन देशव्यापी हुन्छ ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org