ताजा समाचार

नवराज सिलवाललाई पक्राउ गर्न घर पुगेको प्रहरी टोली रित्तै फर्कियो

ललितपुर, १९ पुस । सरकारी कागजपत्र कीर्ते मुद्दाको अनुसन्धानका लागि पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न गएको प्रहरी रित्तो हात फर्किएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोली मंगलबार बेलुका ललितपुरको गोदावरीस्थित सिलवालको घरमा पुगेको थियो। तर, सिलवाल घरमा थिएनन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गरी बुझाउन मंगलबार ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त गरेलगत्तै ललितपुर प्रहरीको टोली सिलवाल निवास पुगेको थियो ।

आइजिपी बढुवासम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागजपत्र नक्कली भएको सर्वोच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसला कार्यान्वायनका लागि गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। सो मुद्दाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले ललितपुर परिसरलाई पत्राचार गरेको थियो।

परिसरको पत्रअनुसार नै प्रहरी सिलवाल निवासमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी गणेश ऐरले जानकारी दिए । सिलवाल एक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालाम्पुरमा रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org