ताजा समाचार

केन्याबाट दलालको फन्दामा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार

काठमाडौं, २० पुस। केन्याबाट ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ । मानव वेचविखनको जालोमा परेर केन्या पुगेका १० युवतीहरुको नैरोवीमा रहेको भारतीय हाइ कमिसनको पहलमा उद्दार गरिएको हो । भारत हुँदै केन्या लगिएका उनीहरुको केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाट उद्दार गरिएको हो।

भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्‍याकेट चलेको खुलासा भएको छ। ‘हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं। संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए। सात नेपाली युवतीकोसमेत उद्दार भएको छ। उनीहरुको पासपोर्ट र फोन मोम्बासामा उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै जफत गरिएको छ’ भारतीय विदेशमन्त्री सुषमा स्वराजले ट्विट गर्दै लेखेकी छिन्।

थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरको भ्रमणमा निस्किनुअघि स्वराजले ट्विट गरेकी हुन्। स्वराजले नैरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च कदर गर्दै उनीहरुको मेहनतका लागि धन्यवाद दिएकी छिन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org