केन्याबाट दलालको फन्दामा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार
काठमाडौं, २० पुस। केन्याबाट ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ । मानव वेचविखनको जालोमा परेर केन्या पुगेका १० युवतीहरुको नैरोवीमा रहेको भारतीय हाइ कमिसनको पहलमा उद्दार गरिएको हो । भारत हुँदै केन्या लगिएका उनीहरुको केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाट उद्दार गरिएको हो।
भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्याकेट चलेको खुलासा भएको छ। ‘हामीले तीन भारतीय युवतीलाई केन्यामा उद्दार गरेका छौं। संस्थागत रुपमा भइरहेको अपराधको सिन्डिकेटमार्फत यिनीहरु बेचिँदै थिए। सात नेपाली युवतीकोसमेत उद्दार भएको छ। उनीहरुको पासपोर्ट र फोन मोम्बासामा उनीहरुलाई नियन्त्रणमा लिएलगत्तै जफत गरिएको छ’ भारतीय विदेशमन्त्री सुषमा स्वराजले ट्विट गर्दै लेखेकी छिन्।
थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरको भ्रमणमा निस्किनुअघि स्वराजले ट्विट गरेकी हुन्। स्वराजले नैरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको उच्च कदर गर्दै उनीहरुको मेहनतका लागि धन्यवाद दिएकी छिन्।
Comments
अरु समाचार
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...