ताजा समाचार

माघ २४ मा राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय, फागुनमा नयाँ सरकार

काठमाडौं, २१ पुस । माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । लामो समयदेखि विवादमा रहेको राष्ट्रिय सभा निर्वाचनको विषय अन्ततः माघ २४ गते गराउने निर्णयसँगै टुंगिएको छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्ने देखिएको छ ।

मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री कार्कीले मिति तय भएको जानकारी दिए। प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषय भने अर्को बैठकले मात्रै गर्नेछ । सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो।

नेकपा एमालेको विरोधका कारण चर्चामा रहेको विधेयकलाई अन्ततः राष्ट्रपतिले अनुमोदन गरिन्। त्यसपछिमात्रै निर्वाचनका लागि बाटो खुलेको हो।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org