ताजा समाचार

शीतलहरबाट राजविराजमा छ जनाको मृत्यु (नामसहित)

सप्तरी । शीतलहरका कारण राजविराजमा  छ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महदेवा गाउँपालिका–२ अकबरपुरका ५८ वर्षिय सुकदेव यादव, राजविराज नगरपालिका– १० झल्हीकी ६५ वर्षीय कैलीदेवी खंग रहेका छन् । त्यस्तै राजविराज नगरपालिका–२ की ६० वर्षीय नाजो बेगम, छिन्नमस्ता–१ वीरपुरका ३६ वर्षीय कुलदिप राय र ३५ वर्षीय रामदयाल रामको पनि मृत्यु भएको स्थानीयले वताएका छन् । एक साता अघि वीरपुरकी ७२ वर्षीय रजियादेवी रायको पनि मृत्यु भएको थियो ।

विहानको समयमा बजारमा मान्छेको चहल–पहल घटेको छ । जाडोबाट जोगिन राजविराज नगरपालिकाको ठाउँ(ठाउँमा दाउरा बाल्ने कार्य थालिएको उप–मेयर साधना झाले जानकारी दिएकी छन् । यता सरकारी कार्यालयहरू खुले पनि बढ्दो चिसोले गर्दा सेवाग्राहीहरूको चाप घटेको छ ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरूमा तीन दिनकालागि विदा दिइएको छ । जिल्लाका चार सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । जिशिअ पाण्डेले मौसम सुधार भएको खण्डमा आइतबारबाट जिल्लाका सामुदायिक विद्यालय खुल्ने जानकारी दिए ।

त्यस्तै दुईसाता अघि सप्तरीको राजबिराजबाट काठमाडौं फर्किएका राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले शीतलहरबाट मृत्यु भएको खबरले दुःखी बनाएको बताएका छन् । सप्तरी एउटा महाकाव्य रहेछ, जतिपाना पल्टाए पनि त्यसका अनेकौं सौन्दर्यगाथा छन् उनले भने,‘तर आज एकाबिहानै भतिज सन्जिवले दुःखद् हृदयबिदारक समाचार सुनाए।’ शीतलहरले मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली दिंदै विश्लेषक पिटरले यसले हाम्रो अवस्था, व्यवस्थाको चित्र र चरित्र छर्लङ्ग पारेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org