ताजा समाचार

कस्तो नरपिचास बाबु ! ब्लु फिल्म देखाएर आफ्नै ११ बर्षीया छोरीको बलात्कार

इटहरी, २२ पुस । बाबु भनेका छोराछोरीको लागि भगवान नै हुन् । तर कोही बाबुहरु यस्ता पनि छन्, जो भगवान नभई दानव भईदिन्छन् । यस्तै घटना इटहरीमा घटेको छ । एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलात्कार गरेका छन । इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षीय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलार्इ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलार्इ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोची दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलार्इ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन ।

छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन । बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन ।

उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलार्इ पक्राउ गरेको हो । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलार्इ बलात्कार गर्ने” श्रीमतीले बताइन । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org