ताजा समाचार

नयाँ सरकार गठन लगत्तै आईजीपी अर्याल र मुख्य सचिव रेग्मीलाई हटाउने ओलीको तयारी

काठमाडौं, २२ पुस । यतिबेला प्रशासनिक बृतमा प्रहरी प्रमुख प्रकाश अर्याल र मुख्यसचिव लोकदर्शन रेग्मी चर्चामा छन् । वर्तमान काम चलाउन सरकारका कारण उनीहरु चर्चामा आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनीहरु प्रहरी र प्रशासनिकतन्त्रलाई भताभंग पार्ने खेलमा लागेका छन् ।

प्रहरीभित्र अहिलेसम्म चल्दै आएको चैन अफ कमाण्डलाई देउवाको निर्देशनमा महानिरिक्षक अर्याल भत्काउने खेलमा लागेका छन् । त्यस्तै मुख्यसचिव रेग्मी पनि देउवाकै निर्देशनमा प्रशासन क्षेत्रमा विकृति ल्याउनमा उद्दत रहेको प्रशासनिक क्षेत्रका कर्मचारीहरुको गुनासो रहेको छ । तर अब भने नयाँ बन्ने सरकारले पहिला यी दुवै जनालाई हटाउने भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने बाम गठबन्धनको सरकारले प्रहरी महानिरीक्षक अर्याल र मुख्यसचिव रेग्मीलाई हटाउने भएको हो ।

अर्याल र रेग्मीले पदीय मर्यादा उल्लंघन गरेर कुनै अमुक दल र नेताको अनुकुलतामा काम गरेको र प्रहरी र कर्मचारी प्रशासनमा अस्थिरता उत्पन्न गराएको आरोप एमालेको छ । हालै आफ्ना ललितपुर–१ का नवनिर्वाचित सांसद एवं पूर्वडिआईजी नवराज सिलवाललाई फर्जी किर्ते मुद्धा तयार पारेर फसाउन खोजेको भन्दै एमालेले अर्याल र रेग्मीलाई ‘टार्गेट’ गरेको हो ।

प्रहरी प्रमुखको दौडमा रेहका सिलवाललले कार्यसम्पादन मूल्यांकन किर्ते गरी अदालतमा पेस गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । सिलवाललाई काठमाडौं र ललितपुर प्रहरीका साथै केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले खोजी गरिरहेको छ । तर, सिलवाल भने मलेसियमा छन् ।

‘प्रकाश अर्याल र लोकदर्शन रेग्मीले पूर्वाग्रह साँध्ने काम नरोके हामी पनि त्यसको राम्रो हिसाब गरौंला’, एमालेका एक नेताले भने, ‘नयाँ मन्त्रिपरिषद बनेलगत्तै मुख्यसचिव र प्रहरी प्रमुख फेरिन सक्छन् ।’

एमाले शीर्ष नेतृत्व तहमा उनीहरुलाई हटाउनेबारे छलफल सुरु भइसकेको दाबी ती नेताले गरे । मुख्यसचिव रेग्मी र महानिरीक्षक अर्याल दुवैलाई मन्त्रिपरिषद कार्यालयमा सल्लाहकार बनाएर तान्ने र नयाँ नियुक्ति गर्ने तयारी रहेको दाबी स्रोतको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org